आप्रवासी कामदारको न्यायोचित भर्ना सुनिश्चित गर्नको लागि सरकारहरूले के गर्न सक्छन् भन्ने विषयमा एक मुख्य अनुसन्धान परियोजना

पाँच करिडोर परियोजनाले वैदेशिक रोजगारीको लागि आफ्ना नागरिकहरूको भर्ना गरिँदा, वा आफ्नो आन्तरिक श्रम बजारमा विदेशी नागरिकलाई भर्ना गर्दा आप्रवासी कामदारहरूको मौलिक अधिकारको रक्षा हुने गरि गरिएको सुनिश्चित गर्न सरकारहरू कति प्रभावकारी छन् भन्ने मूल्यांकन गर्ने प्रयास गर्दछ ।

पाँच करिडोर परियोजनाको बारेमा
Getty Images 965943510
    मुख्य सिफारिसहरू

    आप्रवासी कामदारको भर्नामा लाग्ने सबै खर्च रोजगारदाताले व्यहोरेको सुनिश्चित गर्ने र त्यसो नगर्नेलाई प्रभावकारी दण्डसजायको व्यवस्था गरेर गन्तव्य मुलुकहरूले नैतिक भर्नाको लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्दछ ।

    थप पढ्नुहोस्
    Implementing bodies light

    गन्तव्य मुलुकहरूले सबै कामदारहरूको लागि थप न्यायोचित श्रम बजारको प्रवर्धन गर्ने र आप्रवासी कामदारहरूलाई विशेष अनुमति नलिई समयमै रोजगारदाता परिवर्तन गर्न पाउने सहज उपायको व्यवस्था गर्ने ।

    थप पढ्नुहोस्
    Migration policy light

    गन्तव्य मुलुकहरूले प्रचलित कानुन तथा अभ्यासहरूले आप्रवासी कामदारहरू वा विभिन्न क्षेत्रका कामदारहरूलाई संगठित हुन पाउने स्वतन्त्रता लगायत कामदारको अत्यावश्यक संरक्षण प्रदान गर्ने विषयमा विभेद नगर्ने सुनिश्चित गर्नुपर्दछ ।

    थप पढ्नुहोस्
    Legal framework light