कामदारहरूको लागि सूचना

८. कामदारहरूको लागि सूचना सरकारले कामदारहरूलाई आफ्नो कानुनी अधिकार, भर्ना प्रक्रियामा वा रोजगारीको क्रममा शोषणबाट बच्ने उपाय र उनीहरूलाई उपलब्ध हुने गुनासो प्रक्रिया जस्ता विषयहरूमा सूचना प्रदान गर्न विभिन्न कार्यक्रमहरू लागूगर्दछ । पठाउने मुलुकहरूको सन्दर्भमा, यसमा औपचारिक पूर्व प्रस्थान अभिमुखीकरण सत्रका साथसाथै नागरिक समाज संस्थाहरूसँगको साझेदारीमा आप्रवासी कामदार समुदायहरूबीच जागरूकता बढाउने सत्रहरू समावेश छन् । यस उपखण्डले न्यायोचित भर्ना सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को साधारण सिद्धान्तहरू र सञ्चालन कार्यविधि (आइएलओ जीपीओजी)को कार्यविधि ११.१ लाई आधार मानि यस सम्बन्धमा राज्य कार्यसम्पादनको मूल्यांकन गर्दछ, र कामदारहरूलाई सूचनाको व्यवस्थाले उनीहरूलाई दुर्व्यवहारबाट कति बचाउँछ वा उनीहरूलाई कति उपचार प्रदान गर्दछ भन्ने विषयको मूल्यांकन गर्दछ ।

Information for workers dark

    सरकारी वेबसाइटहरू (८.१)

    यस उपखण्डले सरकारी वेबसाइटमार्फत अनलाइनमा कामदारलाई उपलब्ध गराउने न्यायोचित भर्ना नीति, ऐन, नियमन र प्रक्रियासम्बन्धी सूचनाको विश्लेषण गरेको छ ।

    प्रस्थान पूर्व अभिमुखीकरण (८.२)

    यस उपखण्डले पठाउने मुलुकहरूमा पूर्व प्रस्थान अभिमुखीकरण कार्यक्रमहरू भएका देशमा त्यस्तो कार्यक्रमको प्रभावकारीताको मूल्यांकन गर्दछ ।

    जनसम्पर्क (८.३)

    यस उपखण्डले सरकारले रोजगारदाता, श्रमिक संगठन, कामदार भर्नाकर्ता र नागरिक समाज समूहलाई कामदारहरूसँग सम्पर्क गर्न प्रोत्साहित गर्दछ कि गर्दैन भनी निर्धारण गर्दछ ।

    श्रम बजारसम्बन्धी उपलब्ध जानकारी (८.४)

    यस उपखण्डमा कामदारहरूले सूचित निर्णयबारे गर्न सकून् भनी सरकारले श्रम बजारसम्बन्धी जानकारी सार्वजनिक रुपमा कति उपलब्ध गराउँछ भन्ने कुराको मूल्यांकन गर्दछ ।

    तालिम र जनचेतना अभिवृद्धि (८.५)

    यस उपखण्डले शिक्षा प्रदान गर्न र तालिम प्रदान गर्न र÷वा जागरूकता बढाउने अभियानहरू सञ्चालन गर्न सरकारले आईएलओ र रोजगारदाता तथा श्रमिक संगठनसँग कति सहकार्य गर्दछ भन्ने कुराको मूल्यांकन गर्दछ ।