कामदार संगठनहरू

ट्रेड युनियनहरू गठन गर्न र त्यसमा सहभागी हुन सक्ने क्षमता एउटा आधारभूत मानव अधिकार हो । आप्रवासी कामदारहरूको प्रतिनिधित्व गर्न र तिनलाई सहयोग गर्न ट्रेड युनियनहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । तर, युनियनहरूले कानुनमा र व्यवहारमा विभिन्न प्रतिबन्धको सामना गर्नु परेको छ । यसले उनीहरूलाई यो भूमिका निर्वाह गर्नबाट रोक्छ । आप्रवासी कामदारहरूलाई गन्तव्य मुलुकका नागरिक समान ट्रेड युनियन सुरक्षाको समान स्तरमा पहुँच प्राप्त गर्न अझ कठिन हुन सक्छ । यो सरकारहरूले ट्रेड युनियनहरूलाई आप्रवासी कामदार संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न कति स्थान प्रदान गर्दछ यसले कामदारलाई कस्तो असर गर्दछ भन्ने विश्लेषण हो । न्यायोचित भर्ना सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को साधारण सिद्धान्तहरू र सञ्चालन कार्यविधिले कामदार संगठनहरू र “सामाजिक साझेदारहरू“ (जसमा युनियनहरू पनि समावेश छन्) सबै प्रमुख नियामक प्रक्रियाहरूमा भाग लिन र विद्यमान सामूहिक सम्झौताहरूको सम्मान गर्न द्विपक्षीय सम्झौताहरूको आवश्यकतालाई जोड दिन्छ ।

Worker organisations dark

    कानुन अनुसार संगठित हुन पाउने स्वतन्त्रता (९.१)

    यस उपखण्डले कामदारहरूलाई युनियन गठन गर्ने र सहभागी हुने कानुनी अधिकार छ कि छैन र तिनीहरूले हड्ताल गर्न र सामूहिक सौदाबाजी गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयको मूल्यांकन गर्दछ । कतिपय देशमा आप्रवासी कामदारलाई ट्रेड युनियनमा सहभागी हुनबाट पूरै रोक लगाइएको छ भने कतिपय मुलुकमा भने निश्चित क्षेत्रका श्रमिकलाई मात्र युनियनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

    व्यवहारमा संगठित हुन पाउने स्वतन्त्रता (९.२)

    यस उपखण्डले ट्रेड युनियनहरूले व्यवहारमा प्रभावकारी ढंगले सञ्चालित हुन सक्छन् कि सक्दैनन् र तिनीहरूको गतिविधि अवरोध र दुर्व्यवहारबाट मुक्त छ कि छैन भनी निर्धारण गर्दछ । केही सरकारहरूले युनियनहरूलाई कानुन अनुसार सञ्चालन हुने अनुमति दिन्छन् तर तिनीहरूको क्रियाकलापलाई निस्प्रभावी पार्न आफ्ना पक्षका वा आफूले भने बमोजिम गर्ने मानिसहरू राखि आफैँ ट्रेड युनियनहरू गठन गरिदिन्छन् , वा युनियनका नेता तथा कार्यकर्ता वा सदस्यहरूले रोजगारदाता र सरकार दुवैबाट दबाब, धम्की र त्योभन्दा पनि नराम्रो परिस्थितिको सामना गर्न सक्छन् ।